गोपाल ओली ,नेपालगन्ज : नेपालगन्जमा रहेको मेरो प्लानेट फनपार्कले १ लाख धनराशीको युत्सव ट्यालेन्ट फेस्टिभल आयोजना गर्ने भएको छ ।
मेरो प्लानेट फनपार्क प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राका अनुसार चैत्र ३ गते उक्त उत्सवको आयोजना गर्न लागिएको सुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । मेरो प्लानेट फनपार्क हाल शुक्रवार र शनिवार मनोरन्जनात्मक कार्यक्रम अन्र्तगत नृत्यकला, गायन जस्ता कार्यक्रम आयोजना हुँदै आएका छन् ।
बाँके जिल्लामा रहेका इच्छुक प्रतियोगीहरुले आयोजना हुने युत्सवमा सहभागि हुन फाल्गुन महिनाको अन्तिम शुक्रवार अथवा शनिवार मेरो प्लानेटमा आएर कलाकारहरुले आफ्नो प्रस्तुती दिनुपर्ने छ भने जिल्ला बाहिरकाले मेरो भिडियो पठाएर समेत सहभागिता जनाउन सक्नेछन । उत्कृष्टलाई पहिचान गरी युत्सवमामा सहभागि गराइने छ ।
युत्सवको प्रथमलाई रु १ लाख, दोस्रो र तेस्रो पुरस्कार क्रमश : ५० हजार र ३० हजार रहेको छ । मेरो प्लानेटले देशभरका कलाकारलाई सहभागि हुन अनुरोध गरेको छ । प्रतियोगितामा नेपालका राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरु निर्णायक मण्डलामा रहने समेत आयोजकले जनाएको छ ।आयोजकले निर्णायकमा हालसम्म सोभित बस्नेत, कमल बिके निर्मोही र नवराज सुवेदीको नाम सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिताको मुल्यांकन ५० प्रतिशत आधार निर्णायक मण्डलले प्रदान गरेको नम्बरको आधारमा गरिनेछ भने ५० प्रतिशत दर्शकको भोटको आधारमा तय गरिने छ, दर्शकले फेसबुक पोल जस्ता माध्यमबाट आफ्नो मनापरेको प्रतिस्प्रर्धिलाई भोट गर्न सक्ने मेरो प्लानेट फनपार्कका प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राले बताएका छन् । मेरो प्लानेटले देशभरका कलाकारलाई सहभागि हुन अनुरोध गरेको छ ।
