पल शाहलाई नवलपुरबाट तनहुँ पुर्‍याइयो


काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई फेरि तनहुँ पुर्‍याइएको छ। 

तनहुँ प्रहरीको हिरासतमा रहेका शाहलाई बयानका लागि भन्दै फागुन २४ गते नवलपुर पुर्‍याइएको थियो। 

बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जोहरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका थिए। 

त्यसपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो। दोस्रोपटक १२ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही क्रममा नाबालिगको तर्फबाट नवलपुरमा समेत बलात्कार भएको भन्दै जाहेरी दर्ता भएको थियो। 

नवलपुरमा पनि जाहेरी परेपछि बयान र अनुसन्धानका लागि लगिएको थियो। नवलपुरमा बयान सकिएपछि उनलाई मंगलबार तनहुँ प्रहरी हिरासतमा लगिएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *