टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि आफन्तले छिञ्चु बजार र सुर्खेत–नेपालगञ्ज सडक खुलेको छ ।
क्षतिपूर्ती र दोषीलाई कारबाहीको विषयमा सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
‘जिल्ला प्रहरी कार्यालयमा सबै पक्षबीच छलफल भएको छ, सहमतिको नजिक पुगेपछि उहाँहरूले आन्दोलन फिर्ता लिनुभएको हो,’ प्रजिअ रिजालले भने ।
छिञ्चु बजार सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको थियो। डीएसपी रामप्रसाद घर्तीको टोलीले सडक र बजार खुलाएको हो । चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो ।
