काठमाडौं – नेकपा एमालेले आउँदो स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणपत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए । उनले बैठकमा मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको बताए ।
