नेपालगन्जमा “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” सम्पन्न


नेपालगन्ज : हरेक वर्ष झै यस् वर्ष पनि एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२”को आयोजना गरेको छ। नेपालका प्रमुख १० शहरमा आयोजना गर्ने लक्ष्य लिएको एक्सपर्टले नेपालगन्ज भने मंगलबार सम्पन्न गरेको छ।

पछिल्लो समय वैदेशिक अध्ययन अन्तर्गत अमेरिका, क्यानडा, अष्ट्रेलिया , यूके लगायतका देशहरूमा भएको विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै एक्सपर्टले एजुकेसन सेयरको आयोजना गरेको एक्सपर्टका फाउन्डर तथा निर्देशक बद्री अर्यालले जानकारी दिए।

निर्देशक अर्यालका अनुसार मंगलबार एक्सपर्ट नेपालगन्ज शाखाको कार्यालयमा आयोजना गरिएको एजुकेसन फेयरमा अमेरिका, अष्ट्रेलिया, क्यानडा एवम् यूकेका विभिन्न यूनिभर्सिटीका प्रतिनिधिद्वारा विद्यार्थीहरुलाई काउन्सिलिङ गरिएको थियो।

मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके गरि ४ देशमा अध्यन गर्न जाने इच्छा एवम् सोच बनाएका विद्यार्थीलाई निशुल्क काउसिलिङ गरिएको बताइएको छ। एजुकेसन फेयरमा करिब २ सय बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो।

निशुल्क रुपमा काउसिलिङ लिन पाउँदा आफुहरु निकै खुशी भएको सहभागी विद्यार्थीहरुको भनाइ थियो। साथै, एक्सपर्टको यो एजुकेसन फेयरबाट बाहिर देश पढ्न जानको लागि सबै कुरा र प्रक्रिया जान्ने अवसर मिलेको विद्यार्थीहरुले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *