एमाले बैठकमा सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ: कांग्रेस-एमालेबीच नै प्रतिस्पर्धा


काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशको तर्फबाट पनि रिपोर्टिङ गरिएको छ। बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशको तर्फबाट दामोदर भण्डारीले रिपोर्टिङ गरेका हुन्।

उनले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताएका छन्। बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार उनले गठबन्धनका कारण सो शक्ति पहिलो रहेको बताएका हुन्। ‘नेपाली कांग्रेस प्रमुख शक्ति हो। हाम्रो अवस्था पनि बलियो नै छ’, उनको भनाइ थियो।

उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने बताएका थिए। ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ थियो। गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने उनको आँकडा छ। १९ वटा पालिकामा भने आफूहरुको अवस्था कमजोर रहेको उनको रिपोर्टिङ छ।

सुदूरपश्चिम प्रदेशमा १ उप-महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *