हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ – कुलमान घिसिङ


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ नहुने दावी गरेका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत निर्देशक घिसिङले सो कुरा गरेका हुन् । लोडसेडिङ हुन लागेको हल्ला चलेको भन्दै उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताए ।

उनले भने ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ, तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए ।

अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो समस्या जेठबाट स्वतः अन्त्य हुने बताए । जेठमा तामाकोशीसहितका हाइड्रोृपावरबाट विद्युत उत्पादन हुने भएकाले समस्या नहुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *