चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक


काठमाडौँ । दीपेन्द्र के खनालकाे निर्देशनमा रहेकाे चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको अभियन रहेकाे छ । चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमकाे महिलाको भूमिकामा देखिएकी छन् ।

फिल्मले नेपाली समाजको कथा बोल्ने बताइएको छ । फिल्मको अधिकांश छायांकन बाजुरा जिल्लामा गरिएको निर्माण समूहले जानकारी दिएकाे छ ।

चलचित्रमा स्वस्तिमालगायत मुख्य पात्रले बाजुराली भाषा बोलेका छन् । फिल्म असार ३ गते प्रदर्शनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *