एक्लै एमालेसँग भिड्छु भन्ने कसैको आँट छैन: ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न आँट कसैको नभएको बताएका छन्।

नेकपा एमालेको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग भिड्छु भन्ने कसैको आँट छैन।’ एमालेसँग डराएर अन्य दलहरु एकजुट हुने प्रयास गरिरहेको ओलीले टिप्पणी गरे।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा क्षेत्रीय -प्रदेश_ सभापतिहरुले कांग्रेस एक्लै निर्वाचनमा जाने बताइरहे पनि केन्द्रीय सभापति शेरबहादुर देउवासँग आँट नभएको पनि ओलीले बताए।

उनले भने, ‘कांग्रेसको बैठकमा क्षेत्रीय -प्रदेश_ सभापतिहरुले एक्लै लड्नुपर्छ भनेछन्। देउवाले हप्काउनुभएछ– नचाहिने कुरा गर्ने हो< एक्लै लड्यो भने के हुन्छ थाहा छैन? तालमेल गर्नुपर्ने हुन्छ।’

एमालेको पाखुरा टुप्पाबाट हेर्दा बलियो देखिएकाले केन्द्रको सभापति एक्लै लड्ने आँट नगरेको उनको भनाइ छ।

उनले ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *