काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत फेल भएका छन् ।
नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजामा ४५ प्रतिशत फेल भएका हुन् ।
नर्सिङको लाइसेन्स परीक्षामा एक हजार ४ सय ८३ जनाले भरेको फारम भरेका थिए भने १ हजार ४७१ जना सहभागी भएका थिए । त्यसमध्ये ८०७ जना अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएको जनाइएको छ ।
