सुनको भाउ आठ सय रुपैयाँ बढ्यो


सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाकाे एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो एक लाख एक सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।

यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *