सुरक्षा अवस्था बुझ्न गाउँ केन्द्रीत सुरक्षा निकाय


सुर्खेत । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशिल’ रहेको जनाएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतिका दृष्टिले अति संवेदनशिल, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशिल, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए । “विगतका निर्वाचनमा भएका घटना, दलहरुको प्रतिष्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको वर्गीकरण गरेका छौैं,” उनले भने, “स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइनेछ ।”

प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकवेशी र भेरीगंगा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *