कसैलाई अपमान नगरौं, उच्च संस्कृतिको विकास गरौं : वामदेव


राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूलाई उच्च संस्कृतिको विकास गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै गौतमले कसैले कसैलाई गाली गलौज तथा अपमान हुने व्यवहार नगर्न पनि अनुरोध गरेका छन्।

‘यस नयाँ वर्षले नेपालका राजनीतिक पार्टीहरूको काँधमा आम निर्वाचनलगायत धेरै नयाँ जिम्मेवारीहरू राखिदिँदै छ। कुनै एउटा पार्टीले मात्र उपरोक्त कार्यभार एक्लै पूरा गर्न सक्ने छैन। कुनै एउटा अगाडि लागे पनि सबै मुख्य पार्टीहरूको साथ र सद्‌भाव सहयोग चाहिने छ’, गौतमले लेखेका छन्, ‘यही अवसरमा म निर्वाचनमा होमिन लागेका सवै राजनीतिक पार्टीका नेताहरुलाई उच्च संस्कृतिले युक्त वोली–व्यवहार गर्न र कसैले कसैलाई गाली गलौज तथा अपमान हुने व्यवहार नगर्न विनम्रतापूर्वक अनुरोध गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *