भ्रष्टाचारले मुलुक सिध्याइदिन्छ : सभामुख


प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन्। 

भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भीर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसविरुद्ध निशाना नसोझ्याए मुलुकलाई नै सिध्याइदिने बताएका हुन्।

उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे। आइतबारबाट काठमाडौंमा शुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे। सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरूको अभियानलाई सातै प्रदेशमा लगेर प्रदर्शन गर्ने काममा आफ्नो साथ रहने पनि बताए।

उनले भने, ‘मैले जानेर चाहिँ दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन। भ्रष्टाचार भनेको बजेट हिनामिनाको कुरा मात्रै होइन। हामीले खबरदारी गरेनौ भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिन्छ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *