जिम्बावे ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा


नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’सँग खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार दुई सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो । नेपालले जिम्बावे ‘ए’विरुद्ध एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दै छ । त्यसका लागि क्यनले २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा यही टिमबाट खेलको दिन अन्तिम ११ छनोट हुनेछ । नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज बैशाखमा हुनेछ । नेपालले जिम्बावे ‘ए’ सँग तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेल खेल्नेछ । सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला

Leave a Reply

Your email address will not be published. Required fields are marked *