एमालेको घोषणापत्र : ठूला नदीमा पानीजहाज, जथाभावी डोजर प्रयोग निरुत्साहित


स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा पाँच वर्ष नेतृत्वमा रहँदा स्थानीय सरकारले गरेका राम्रा कामको व्याख्याका साथै भावी योजनाहरु प्रस्तुत गरिएका छन्। एमालेले सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने उल्लेख गरेको छ ।

घोषणापत्रमा ‘सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने’ उल्लेख छ।

त्यसैगरी यातायात सुविधा पुगेका पालिकाहरुमा बस टर्मिनल, बसपार्क पार्किङ क्षेत्र विकास, ढुवानीका साधन पार्क, अटो भिलेज आदिको विकास गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

विद्युतीय सवारी साधनलगायत पर्यावरणमैत्री यातायात सन्चालनलाई प्रोत्साहन गर्ने भनिएको छ। ठूला सहरमा रेल, बस, र्‍यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने र ठूला नदी प्रणालीहरूमा जल यातायात (पानीजहाज,स्टीमर) को विकास गर्ने घोषणा पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *