निर्धक्क र भयरहित भई मतदान गरौँ : राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छन्।

एक भिडियो सन्देश दिँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधिबाट शासन सञ्चालन गर्नु भएको उल्लेख गरेकी छिन्।

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउदै राष्ट्रपति भण्डारीले निर्वाचनले राज्य शक्तिको वास्तविक स्रोत जनता हुन भन्ने सत्यलाई व्यवहारमै प्रकट गर्ने सन्देशमा उल्लेख छ।

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घर दैलोसम्म पुर्‍याउने विशेष अवसरका रुपमा निर्वाचनलाई ग्रहण गर्नु पर्ने भन्दै राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव भएको उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले स्वतन्त्र निष्पक्ष र भयरहित भएर हरेक नागरिकहरुले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको भन्दै यस दिशामा सबैलाई लाग्न आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *