गाउँपालिका अध्यक्षका उम्मेदवारमाथि आक्रमण, आठ घाइते


बागलुङ : बागलुङको बडिगाड गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा थप सात युवा घाइते भएका छन्। मौन अवधिका वेला बुधबार राति बडिगाड–५ मा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

झडपमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजन पाइजा, निमेष आचार्य, किरण सुनार र गठबन्धनका पाँच कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूका हात, खुट्टा र घाँटीमा चोट लागेको छ।

घाइते निमेष आचार्य र किरण सुनारको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रहरीले सुरेश बुढाथोकी र सन्दीप थापालाई नियन्त्रणमा लिएको रानाले बताए। घटनास्थलबाट प्रहरीले हँसिया, घन, रड लगायतका हतियार पनि नियन्त्रणमा लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *