भेरी किनारमा नमुना शहर बनाउँछौँ : उपप्रधानमन्त्री खड्का


उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन्।

शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताए।

उनले स्थानीय नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनको रूप दिने बताए।

सरकारले आर्थिक वर्ष ०६८र०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरे पनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो।

रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका खड्काले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम अघि बढिरहेको बताए।

उनले गुरूयोजनाअनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक शहर बनाइने बताए।

उनले नयाँ शहरमा सबै किसिमका सुविधा नागरिकहरूलाई उपलब्ध गराइने बताए। ञमानिसको जीवनमा सबै खालका सुविधा र अवसरहरू यो शहरबाट उपलब्ध गराउने उद्देश्य हामीले लिएका छौं, उनले भने, ‘देशका अन्य क्षेत्रले भेरी किनारको नयाँ शहरबाट सिक्ने र आफ्नो क्षेत्रमा लागू गर्न सक्ने बनाउँछौं।’

उनले स्थानीय तहलाई गुरूयोजना अनुसार काम गर्न निर्देशन दिए। विकास निर्माणका कामहरू गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्न जरूरी छ,झ उनले भने, ‘अहिले स्थानीय तहले गरेका विकास(निर्माणका कामहरू दीर्घकालीन छैनन्।’

उनले भेरी किनारमा निर्माण हुन लागेको नमूनाको आधुनिक शहरका लागि बजेटको अभाव नहुने बताए। ‘आधुनिक शहरका लागि स्वदेशी मात्रै होइन्, विदेशबाट पनि स्रोत जुटाउँछौं’ उनले भने, ‘बजेट अभावका कारण आधुनिक शहर निर्माणको काम रोकिँदैन।’

भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको बताए। उनले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने बताए।

उनले नेपालमा बन्दै गरेका नयाँ शहर मध्ये भेरीगंगा नमूनाको शहर ११ ओैं शहर भएको बताए।

सहसचिव अधिकारीले पहाडी जिल्लाबाट तराईमा हुने बसाइँ सराई रोक्नका लागि भेरी नदी किनारको आधुनिक शहर महत्त्वपूर्ण हुने बताए। नयाँ शहर योजनाले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्नेछ। सहसचिव अधिकारीले तीन वटै पालिकासँग समन्वय र सहकार्य गरेर काम गर्ने बताए।

भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यका अनुसार ४० अर्व हाराहारीको लागतमा नयाँ शहर बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *