अस्ट्रेलियाका चर्चित क्रिकेट अलराउन्डर एन्ड्रयु साइमण्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ । शनिबार राति क्वीन्सल्याण्डको टाउन्सभिलमा साइमन्ड्सको कार दुर्घटना भएको थियो । विश्वकप जितेको अस्ट्रेलियाली क्रिकेट टोलीका सदस्यसमेत रहेका साइमन्ड्स ४६ वर्षका थिए ।
अष्ट्रेलियाका लागि एन्ड्रयुले १९९८ देखि २००९ सम्म खेलेका थिए । एन्ड्रयु अष्ट्रेलियाका २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए । उनले अष्ट्रेलियाका लागि दुई एकदिवसीय विश्वकप जिताइ सकेका छन् ।
