स्पेनिस लिग लालिगा नया सिजन सुरु भ्यालेन्सिया ले लिगको पहिलो खेल जितबाट सुरुवात गरेको छ भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो ।भ्यालेन्सियामा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ह्युगो गुइलामोन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया समस्यामा परेको थियो ।

तर ११औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो । डिजेन डोकोनामले पेनाल्टी बक्समा डेनिस चेरेसेभलाई लडाएपछि प्राप्त पेनाल्टीमा कार्लाेस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । एक गोलले पछि परेको गेटाफेले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फिनिसिङमा चुकिरहँदा बराबरी गर्न सकेन ।
७६औं मिनेटमा गेटाफे पनि १० खेलाडीमा समेटिदा खेलमा फर्कने सम्भावना सकियो । इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफको गोल नै भ्यालेन्सियाको जितमा निर्णायक बन्यो ।
ला लिगामा आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैँछ । क्याडिजले लेभान्टेसँग खेल्दा रियल मलोर्काले रियल बेटिससँग खेल्नेछ । यस्तै डिपोर्टिभो एलाभेसले रियल म्याड्रिडसँग तथा ओसासुनाले इस्पान्योलसँग खेल्नेछ ।


