कास्कीको रुपामा एमाले विजयी


कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गीमाया गुरुङले ४१३७ मत ल्याइन् ।

यस्तै उपाध्यक्षमा लाल सुबा गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा काँग्रेसका नारायण श्रेष्ठ ४१५३ ले पराजित भएका छन् । यस्तै एमालेले वडा नम्बर २,३,४,५,६ र ७ मा प्यानलसहित विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *