निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मुक्तबहादुर सारू विजयी भएका छन्। उनी ६ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत पाएका छन्। ३ हजार १ सय ८६ मतान्तरले सारू विजयी भएका हुन्।
उपाध्यक्षमा एमालेकै तिरनकुमारी श्रेष्ठ विजयी भएकी छन्। उनले ६ हजार ६ सय ३८ मत प्राप्त गरेकी छन्। गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद खत्रीले ८ सय ३० मत पाएका छन्। निस्दीको सातवटै वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
वडा-१ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नविन्द्र सोती, ४ मा सन्तबीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद बस्यालले बताए।
