अमेरिकाले ‘अपहरण शैली’ मा एसियाबाट समर्थन जुटाउन खोज्याे : चीन


चीनले अमेरिकामाथि अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ ।

चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वाशिङ्टनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भड्काउन खाजेको आरोप लगाउनुभएकाे हाे ।

साङ्ग्रिला डायलगको एक दिनअघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँदै खण्डन गर्नुभएकाे छ ।

रक्षामन्त्री अस्टिनले इन्डाे–प्यासेफिक क्षेत्रका देशहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिनुभएकाे थियाे जसलाई उहाँका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्न भन्नुभएकाे थियाे । बहुपक्षीयताकाे आडमा अमेरिकाले धम्की दिएको उहाँको आशय थियो । इन्डाे–प्यासेफिक रणनीति द्वन्द्व र टक्कर सृजना गर्ने रणनीति भएको उहाँको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *