आजै मन्त्रिमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौँ : खनाल


पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबार बैठकपछि सञ्चारकर्मीहरूसँग सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रीय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिएका हुन्।

नेता खनालले अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए। फरक प्रसंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा शुरुवाती सम्झौताबमोजिम हुने पनि जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *