चारवटा निर्णयपछि बस्यो कर्णाली प्रदेश सभा बैठक


असार १२ गतेदेखि अवरुद्धहुँदै आएको कर्णाली प्रदेश सभाको बैठक बसेको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले विभिन्न चार वटा निर्णय गरेपछि प्रदेश सभा बैठक बसेको हो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेश सभाको दशाैँ अधिवेशनको बैठकका कारबाही लगायतका विषयमा चारवटा निर्णय गरेको हो ।

जसमा मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धनमा प्रस्तावित योजनाहरुको एकमुष्टरूपमा फिर्ता लिने र विनियोजन रकक यथावत राखी साउन मसान्तसम्म कार्यविधि सम्मत् योजनाहरु छनौट गरिसक्नु पर्ने निर्णय भएको छ ।

यस्तै, विनियोजन किताबमा कर्णाली प्रदेशसभा बाहिरका भौगोलिक क्षेत्रलाई समावेश भएका सबै योजनाहरुको नाम हटाउँने, प्रन्ध्र लाख भन्दा कम रकम विनियोजन गरिएका योजनाहरुका हकमा भूमि, व्यववस्था, कृिष तथा सहकारी मन्त्रालयको साना सिँचाई बाहेक अन्य नयाँ योजनाहरु कार्यान्वयन नगर्ने निर्णय भएको छ ।

यस्तै, निर्वाचन क्षेत्र पूर्वाधार विकास विषेश कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरूमा सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा योजनाहरू छनौट गर्ने गरी कार्यविधि संशोधन गर्ने निर्णय भएका छन् ।

उक्त बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेल, संसदीय दलका नेता (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही, एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाही , राप्रपा की प्रदेश सभा सदस्य शोसीला शाही र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *