प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्ने क्रममा बुधबार उक्त परिमाणको गोली प्रहरीले फेला परेर बिहीबार सार्वजनिक गरेको हो ।
सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । ७ दशमलव ६२ एमएमका उक्त परिणामको गोली इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए ।
गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।
