बिहिवार थप १ सय ७१ जनामा कोरोना पुष्टि, २ सय २७ जना निको


नेपालमा बिहीबार थप १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३३ पुगेको छ । त्यस्तै बिहीबार थप २२७ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ६७ हजार २९२ जनाले कोरोनालाई जितेका छन् । 

मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २७७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख ८५ हजार ५७३ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *