फेवातालमा हावाहुरीले डुङ्गा पल्टाउँदा घाइते भएकी महिलाकाे ज्यान गयाे


शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे ज्यान गएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेकाे डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीकाे टोलीले उहाँकाे उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारकाे लागि गण्डकी मेडिकल कलेज लगिएकाे र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिनुभयाे ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल उद्धार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *