सुर्खेतमा श्रीमतीलाई दाउराले हानेर गम्भीर घाइते बनाई श्रीमान फरार


जिल्लाको लेकबेशी नगरपालिकामा श्रीमानले श्रीमतिलाई दाउराले हान्दा श्रीमति गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार लेकबेशी नगरपालिका–२ पुरानोगाँउ बस्ने श्रीमान यज्ञ मिदुनले उनको आफ्नै श्रीमती ३२ वर्षीय खगिसरा मिदुनलाई चिरपट काटको दाउराले हानेका हुन्।

उनीहरुबीच घरयासी विवाद हुँदा खगिसरा मिदुनका श्रीमानले चिरपट दाउराले हिर्काउदा श्रीमती खगिसराको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

खगिसरालाई मेहलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ लगिएको छ।

घाइते खगिसराको अवस्था सिरियस रहेको प्रहरीको भनाई रहेको छ। उक्त स्थानमा प्रहरी चौकी गुमी सुर्खेतबाट प्रहरी टोली खटिएको छ।

यस्तै, कुटपिट गर्ने खगिसराका श्रीमान यज्ञ मिदुन फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *