जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु


जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ। छेडागाड नगरपालिका-१ जाल्माका डिलबहादुर नेपालीकी छोरी १४ वर्षीया मनिषाको मृत्यु भएको हो।

बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको वेला उनी भीरबाट लडेको प्रहरीले जनाएको छ। यता जुनिचाँदे गाउँपालिका ११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा चिप्लिएर तीन दिनअघि बेपत्ता भएका २१ वर्षीय तेजबहादुर रोकाया अझै भेटिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *