विवाद भएपछि त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु चुनाव हुने


घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ।

विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनाव हुने गरि कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ। त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भने यही चैत ५ गते देशभरकै आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा स्ववियु निर्वाचन गर्न भनिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *