गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आज शनिवारदेखि कार्यभार सम्हालेको छ ।
कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।
त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।
सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराई प्राप्त हुने प्रतिवेदनलाई आफूहरूले स्वीकार गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताउनुभएको छ । तर असन्तुष्ट पक्षले भने धाँदलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसकिने बतएको छ ।
