भ्यालेन्टाइनको अवसरमा आइतबार नेपालगन्जमा टि फेस्टिभल हुँदै


नेपालगन्जमा भोलि (आइतबार) भ्यालेन्टाइन डेको अवसर पारेर टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुन लागेको  हो ।

भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले भ्यालेन्टाइनको दिनमा उक्त फेस्टिभलको आयोजना गर्न लागेको हो ।  फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले संचालन गर्ने छन् ।

भोलि हुने टि फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, ह्वाइट टीलगायत विभिन्न २० प्रकारका चिया फेस्टिभलमा राखिने आयोजकले बताएको छ ।

भिन्टेज कलेजका प्रिन्सिपल गजेन्द्र मल्लका अनुसार चियाका बारेमा हामीलाई धेरै कुरा थाहा नभएकोले यो फेस्टिभलको आयोजना महत्त्वपूर्ण हुने बताएका छन् । मल्ले भने, ‘बाँकेमा चिया उत्पादन हुँदैन तर चिया पारखी भने धेरै छन् । यहाँ चियाको रंग कालो हुन्छ भन्ने मात्र थाहा छ । हामिले ग्रीन टि पनि खान जनेका छैनौ । यहाँसम्मकी हामीलाई चिया कसरी बनाइन्छ भन्ने पनि थाहा छैन ।’
‘चियाका धेरै प्रकार छन् । चियाले हाम्रो शरीरमा धेरै फाइदा गर्छ । चिया किसानसँग सम्बन्धित भएकाले चियाको विकास र माघ बढाउन सके चौतर्फी फाइदा हुन्छ,’ मल्लले भने ।

नेपालगन्जमा हाल पाँच÷६ प्रकारका चियामात्र पाउने प्रिन्सिपल मल्लले बताए । उनले फेस्टिभलमा राखिने सबै चियाको मूल्य ३० रुपैयाँ तोकिने जानकारी दिए । आयोजकले फेस्टिभलमा बिक्री हुने हरेक कप चियाबाट १० रुपैयाँ द्वन्द्वपीडितका लागि छुट्याइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *