शीर्ष नेताले समितिमा जुटाए सहमति, टिआरसीमा विशेष समिति


शीर्ष नेताहरूबीच संसदीय समिति गठनमा सहमति जुटेको छ। आज सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति दिने सहमति भएको हो।

साथै संवैधानिक परिषद्सम्बन्धी विवाद पनि मिलेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको गिरीले जानकारी दिए।

त्यस्तै, संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ। उक्त समितिमा एमालेका तर्फबाट ४ जना सदस्य रहने सहमति भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेबाट अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका प्रमुख सचेतकहरु सहभागी थिए।

संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक गिरी सहभागी थिए। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *