गुरुङलाई हटाएर संसदीय दलको प्रमुख सचेतकमा भट्टराईलाई


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । 

संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

प्रदेश १ का सांसदहरूकाे भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए । 

विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *