रघुजी पन्तको अभिव्यक्ति प्रति ओलि वशं समन्वय समाज नेपालको आपत्ति


काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले महिलाहरुमाथि नै आक्षेप लगाएपछि ओली  वश समन्वय समाज नेपालले गम्भीर आपत्ति जनाएको छ ।

समाजका केन्द्रिय अध्यक्ष हरि ओलिले बिज्ञप्ति जारी गर्दै पन्तको शव्दले  आमा दिदीबहिनी सबैलाई अपमान गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।

ओलि वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलिले आफ्नो सामाजिक संजालमा समेत लेखेका छन् ।

पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् ।

तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो  छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।

विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता  व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला सम्मानित ब्यक्तीले यस्तो अबिब्यक्ती मिडियामा बोलेकोमा सभासद कोमल ओली को पक्ष बाट नभै एउटी ओली की चेलीको ब्यजतीको कूरा भयकोले समस्त ओली बंश परिवारको ध्यान आकर्षण भयको छ निज रगूजित पन्तलाई हदै सम्मको कार्बाही को माग गर्दछौ नेपालभरि कै महिला दिदीबहिनीको ध्यान जानू पर्छ भोली कूनै ना कूनै महिला कूनै ना कूनै पदमा कूनै ना कुनै तहतप्तामा मनोनित होलान हूनू पर्ला त्यस्ता पद धारण गर्दा रगूजित पन्तका फूटेका आखाले र बिग्रेकामगजले भने जस्तै भन्नालान हेरिने होला सबैले बूझृनू जरुरी छ?  ?

सार्वजनिक कार्यक्रममा नेता पन्तले लामो समयदेखि पार्टीमा क्रियाशील महिलाहरुले टिकट समेत नपाएको र कोमल वलीले सारी सरक्क पारेर गोरो पिँडुला देखाएको भरमा सांसद भएको टिप्पणी गरेका थिए । सो टिप्पणी संगै देश तथा बिदेश भर पन्तको आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *