मन्त्रिपरिषद बैठक : नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस


सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुरानै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिए।

‘पहिला रोकिएको विधेयक नै प्रमाणीकरण गर्न लेखि पठाउने निर्णय भएको छ’, मन्त्री रिजालले थाहाखबरसँग भने ।

संघीय संसदका दुवै सदनबाट दुईपटक पास भएर गएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेकी थिइन्।

त्यो विधेयक प्रमाणीकरण गर्नु कानुनसम्मत हुने कि नहुने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि कानुन व्यवसायीसँग परामर्श गरेका थिए। यो विषयमा दलहरू र कानुन व्यवासायीको पनि फरक मत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *