विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण भएको छ ।
शुक्रबार विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज भैरहवामा अवतरण भएको हो ।
काठमाडौ विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको छ ।
विमान रिफ्युलिङको लागि भैरहवा पुर्याउनु परेको बताइएको छ । राती ८:०० बजे विराटनगरबाट उडेको विमान ९:२५ मा भैरहवामा अवतरण भएको हो ।
