राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना


स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ। राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन।

उहाँ गत मंगलबार सहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एक दिन अस्पताल भर्ना भएर राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *