एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । बुधबार साझँ काठमाडौं आएका लु शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न पुगेका हुन् । 

उनीहरुबीचको भेटवार्तामा लूले ओलीलाई अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर तपाईको पार्टीको धारणा के छ भनेर सोधेका थिए । त्यसको जवाफमा ओलीले आफ्नो पार्टी सरकारमा नभएकोले एमसीसीबारे अहिले केही कुरा नभएको बताए । 

यस्तै ओलीले एमसीसीबारे सरकारले पनि आफुसँग कुनै परामर्श नगरेको बताए । उक्त भेटमा लूले अमेरिकाले कोरोना महमारी र जलवायु संकटविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता पनि व्यक्त गरे । 

लूले यसअघि बिहिबार साझँ प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेट गरेका थिए । उनीहरुबीच द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *