सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छ : प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन्।

उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाका लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताए। उनले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।

त्यस्तै बोर्डर आउटपोष्टहरूको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

‘हालसम्म स्थापना भएका २५० बोर्डर आउटपोष्टहरु मध्ये १२८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् । र यो विषयमा सरकार गम्भीर रहेको छ । प्रचण्डले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *