मुसिकोटमा जीप दुर्घटना, १० जना घाइते


रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

मुसिकोट–१ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरमा जान लागेका दर्शनार्थी रहेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिपमा १२ जना सवार थिए। अन्य दुई जना सकुशल छन्।

खड्काका अनुसार जिप स्टार्ट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुँदा सडकबाट करिब ६ मिटर तल खसेको थियो। घाइते सबैको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *