सन्दीप लामिछाने प्रकरण : पीडितलाई उपचार खर्च दिन अदालतको आदेश


जिल्ला अदालत काठमाडौंले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशाला २६ (पीडित) लाई उपचार खर्च दिलाउन आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।

उपचार खर्चवापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन अदालतले आदेश दिएको छ। गौशाला २६ ले भने करिब ७० हजारको मात्रै बिल पेश गर्न सकेकी थिइन्। उनले मनोपरामर्शदातासँग भिजिट र औषधि उपचारको खर्च देखाएकी थिइन्।

यस सम्बन्धमा अदालतले नर्भिक अस्पतालका चिकित्सकको रिपोर्टसमेत मगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *