आज महाअष्टमी, महागौरीको पूजा आराधना गरिँदै


नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ।

महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन्।

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ। अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ।​

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र ९हातहतियार०को पूजा गर्ने चलन पनि छ। नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *