जुम्लामा माओवादी-कांग्रेसबीच झडप हुँदा ६ जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका-३ स्थित मतगणना स्थलबाहिर झडप हुँदा ६ जना घाइते भएका छन्। मतगणना स्थलबाहिर माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने क्रममा झडप भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार समर्थक युवाले ढुङ्गामुढा गर्दा झडप शुरु भएको थियो। झडपमा […]

Continue Reading

साताको दुई दिन बिदा विश्वविद्यालयका क्याम्पसमा लागू नहुने

सरकारले निर्णय गरेको साताको दुई दिन सार्वजनिक बिदा त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा लागू नहुने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना जारी गरि बिदा लागू नगर्नू भनेको हो। सूचनामा कोभिड-१९ ले समेत शिक्षा क्षेत्रमा असर पुर्‍याएकाले समयमा कोर्स सक्न बिदाको व्यवस्था नगरिएको उल्लेख गरिएको छ। त्रिविबाट अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि […]

Continue Reading

मानवीय त्रुटिलाई विवादको विषय नबनाऔँ : निर्वाचन आयोग

निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ। अनावश्यक विवाद झिकी मतगणना रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनामा ढिलाई गर्ने गरिएकाप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। मतगणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम […]

Continue Reading

भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल आउने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी भोलि (सोमबार) औपचारिक भ्रमणमा पाँचौँ पटक नेपाल आउदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन्। बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ। मोदी भोलि बिहान एघार बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हेलिकप्टरबाट झरेपछि उनी मायादेवीको मन्दिर जाने कार्यक्रम […]

Continue Reading

अष्ट्रेलियाका पूर्व अलराउण्डर साइमण्ड्सको दुर्घटनामा निधन

अस्ट्रेलियाका चर्चित क्रिकेट अलराउन्डर एन्ड्रयु साइमण्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ । शनिबार राति क्वीन्सल्याण्डको टाउन्सभिलमा साइमन्ड्सको कार दुर्घटना भएको थियो । विश्वकप जितेको अस्ट्रेलियाली क्रिकेट टोलीका सदस्यसमेत रहेका साइमन्ड्स ४६ वर्षका थिए । अष्ट्रेलियाका लागि एन्ड्रयुले १९९८ देखि २००९ सम्म खेलेका थिए । एन्ड्रयु अष्ट्रेलियाका २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका […]

Continue Reading

अब पेट्रोल १७० र डिजेल/मट्टीतेल १५३ रूपैयाँ प्रतिलिटर

सरकारले फेरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ। शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो। याे निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। सरकारले आजै रातिदेखि लागू हुने गरी मूल्य बढाएको हो।

Continue Reading

माओवादीकै कारणले देशभरीका मतगणना केन्द्र तारजाली : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकै कारणले देशभरी मतगणना केन्द्रमा तारजालीले घेरिएको बताएका छन्। माओवादीले लोकतन्त्र विपरित जसरी भएपनि नि जित्ने लक्ष्य राखेकै कारणले मतगणना स्थल असुरक्षित भएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘माओवादी केन्द्रकै कारणले देशभरीका मतगणना केन्द्र तारजालीले घेरिएका हुन्। जसरी नि जित्ने मान्यता लोकतान्त्रिक होइन। गम्भीर बनौँ।’

Continue Reading

भारतको दिल्लीमा एक भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताउनु भएको छ । आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र […]

Continue Reading

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । […]

Continue Reading

बङ्गलादेशमा सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक

बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । बङ्गलादेश सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको छ । त्यसमा कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट सरकारी अधिकारीको विदेश भ्रमणमा रोक लगाइएको हो । सरकारको कार्यक्रमलाई सहयोग गर्न पनि त्यहाँको अर्थ मन्त्रालयले आग्रह गरेको […]

Continue Reading