३१ जिल्लामा निःशुल्क इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पु¥याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।  […]

Continue Reading

पाँच दिनमा ८८ हजारले लगाए कोरोना खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच […]

Continue Reading

काठमाडौंमा भेटियो बर्ड फ्लुको संक्रमण

काठमाडौंको तारेकेश्वर नगरपालिकामा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले बिज्ञप्तीमार्फत जनाएको […]

Continue Reading

पेट्रोलियम पदार्थ विक्रेताको कमिशन वृद्धि, अब ३६ पैसा बढी तिर्नुपर्ने

नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ […]

Continue Reading

नेकपा दाङले नेत्रलाल अभागीको शालिकमा माल्यार्पन गरेर मनायो सहीद दिवस

दाङ, माघ १६। नेपाल कम्युष्टि पार्टी (नेकपा) ओली समूह दाङले सहिद नेत्रलाल अभागीको शालिकमा माल्यार्पन गरेर सहीद दिवस मनाएको छ । आज विहान नेकपाका दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता र अर्का केन्द्रिय सदस्य विष्णु शर्माको विशिष्ट आतिथ्यातामा सहीद अभागीको शालिकमा माल्यार्पन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले […]

Continue Reading

प्रचण्डले मलाई होइन मैले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले प्रचण्ड–माधव समूह निर्वाचनबाट तर्सिएको बताएका छन् ।  नेकपा काठमाडौँ महानगर कमिटीद्वारा शुक्रवार काठमाडौँमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले प्रचण्ड–माधव समूह निर्वाचनसँग डराएको बताएका हुन् । उनले अहिले प्रचण्ड–माधव समूह अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरूको हालत खराब हुने तर्क गरे । […]

Continue Reading

विदेशी पर्यटक आवागमनलाई सहज बनाइँदै

कोभिड–१९ महामारीबाट अर्थतन्त्रका अन्य क्षेत्रजस्तै सबै भन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवद्र्धक गतिविधि सञ्चालनका लागि सरोकारवालासँगको समन्वयमा प्रवावकारी योजना कार्यक्रम ल्याइने बताए । महामारीबाट […]

Continue Reading

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ ।  ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडीबाट ठक्कर […]

Continue Reading

चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही […]

Continue Reading

लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नु पर्ने जसपाका अध्यक्ष यादवको जिकिर

जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नु पर्ने बताउनु भएको छ । अबधि पत्रकार संघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । जन निर्बाचित संसदलाई भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारमा कुठाराघात गरेको आरोप लगाउनु भयो । ७० बर्ष देखिको नेपाली जनताको […]

Continue Reading