नेकपा दाङले नेत्रलाल अभागीको शालिकमा माल्यार्पन गरेर मनायो सहीद दिवस


दाङ, माघ १६। नेपाल कम्युष्टि पार्टी (नेकपा) ओली समूह दाङले सहिद नेत्रलाल अभागीको शालिकमा माल्यार्पन गरेर सहीद दिवस मनाएको छ । आज विहान नेकपाका दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता र अर्का केन्द्रिय सदस्य विष्णु शर्माको विशिष्ट आतिथ्यातामा सहीद अभागीको शालिकमा माल्यार्पन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले सहिदको सपना पूरा गर्न तीन तहको सरकार लागिपरेको बताउनुभयो । सहीदको बलिदानीले लोकतन्त्र स्थापनामा भएको भन्दै चौधरीले उनीहरुको योगदानको सधै कदर गर्नु पर्ने बताउनुभयो । यस्तै विशिष्ट अतिथि शर्माले देशकालागि प्राण आहूति दिने सहीदहरु सधैं अमर रहिरहने बताउनुभयो ।

यसैबीच कार्यक्रममा बिहीबार मोनित हुनु भएका जिल्ला अध्यक्ष हुकुम बस्नेतले सहीदले देखेको सपना अधुरा रहन नदिने भन्दै अब दाङमा कम्युष्टि आन्दोलनलाई थप प्रभावकारी रुपमा अगाडी बढाउने बताउनुभयो । कार्यक्रमको सहजिकरण बिहीबार सचिवमा मोनोनित हुनुभएका मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

सरकारले हरेक वर्ष नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको छ ।

वीर सहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *