प्रचण्डले मलाई होइन मैले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हुँ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले प्रचण्ड–माधव समूह निर्वाचनबाट तर्सिएको बताएका छन् । 

नेकपा काठमाडौँ महानगर कमिटीद्वारा शुक्रवार काठमाडौँमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले प्रचण्ड–माधव समूह निर्वाचनसँग डराएको बताएका हुन् ।

उनले अहिले प्रचण्ड–माधव समूह अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरूको हालत खराब हुने तर्क गरे । ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए । प्रधानमन्त्री ओलीले सङ्कटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारेका छन् ।

आफूलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रम फैलाइएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफूले बताएको तर्क गरे । ओलीले प्रचण्ड–माधव समूहले आफूलाई सरकार र पार्टी सञ्चालनमा अवरोध गरेको र अहिले सो समूह अलग्गिएपछि पार्टी नै शुद्ध भएको बताए ।

त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताएका छन् । प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सबैलाई उनले आह्वान पनि गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *