बाढीले मर्स्याङ्दीको प्रसारण लाइनको टावर बागायो, १२० मेगावाट विद्युत प्रणाली बाहिर

बाढी पहिरोले लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको ९ नम्बर टावर बगाएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार असार १९ गते बिहान ६ बजेतिर लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने १३२ केभी डबल सर्किट प्रसारण लाइनको ९ नम्बर टावर बगाएको हो । पाउदी तथा फुलबारी भन्ने ठाउको बिचतिर खोला […]

Continue Reading

पृथ्वी राजमार्गका ७ ठाउँ पहिरो : १ को मृत्यु, सवारी आवागमन अवरुद्ध

नेपालगन्ज : अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिंदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको हो । पहिरोले चारवटा सवारी पनि पुरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको […]

Continue Reading

अमेरिकाको हवाईमा विमान दुर्घटना, बोइङको ७३७ कार्गो जेट समुन्द्रमा खस्यो

अमेरिकी राज्य हवाईमा एउटा विमान दुर्घटनामा परेको छ। दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान समुद्रमा खसेको बीबीसीले जनाएको छ। इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै विमान पानीमा खसेको हो। उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको जनाइएको छ। विमान समुद्रमा खसेता पनि […]

Continue Reading

केन्द्रीय कमिटीमा बामदेवको गर्जन : एमाले छाडेपछि मात्रै देउवालाई हस्ताक्षर गर्न मिल्छ

काठमाडौं, असार १८ । एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेमै रहेर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने काम कुनै पनि हिसावमा नैतिक हुन नसक्ने प्रष्ट पार्नुभएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफू भएको भए एमालेबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्ने भन्दै अनैतिक काम भएको प्रष्ट पार्नुभएको हो । ‘बिपक्षी पार्टीको नेतालाई हस्ताक्षर […]

Continue Reading

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सरकार पक्षको बहस सकिँदै

काठमाडौ । संसद् विघटनसम्बन्धी मुद्दामा सरकार अर्थात विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट आज बहस सकिँदै छ । महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन् । उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिनेछ । त्यसपछि सभामुखका तर्फबाट बहस सुरु हुनेछ । प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ अधिवक्ता सूचीमा […]

Continue Reading

ओली वंश समन्वय समाजका केन्द्री अध्यक्ष हरी बहादुर ओलीको आज जन्म दिन

ओली वंश समन्वय समाजका केन्द्री अध्यक्ष ओलीको आज जन्म दिन आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् । आफुलाई जन्म दिने आमा गंगा देबीओलीलाई सम्झदै ६० बर्ष पार गरेको जानकारी गराएका छन् । । उनी फेसबुक मार्फत आफ्नो पुज्नीय आमा गंगा देबीओलीको कोखबाट जन्मिएको आज ठिक ६० वर्ष लागेछ । कु कर्म प्रति कहिल्यै मन नलागोस, […]

Continue Reading

प्रशासनको नियम उलंघन गर्ने २ सय सवारी साधन होल्डमा

जिल्ला प्रशासन कार्यालय बाँके नागरिकको सहजताका लागि सवारी साधनहरुलाई असार १४ गते देखि जोर विजोर प्रणली लागु गरेको थियो । तर सवारी साधन चालकहरुले उक्त नियमको उलंघन गरेपछि शुक्रवार विहानै जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारीसाधान चलाएको भन्दै दुई सयबढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेको छ । जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारी […]

Continue Reading

एक वर्षदेखि रोकिएको पाम तेलको निकासी बुधबारबाट खुला

नेपालगन्ज : एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो । बुधबार सूचना जारी गर्दै भारतले पाम तेलको आयात खुला गरेको जनाएको छ । १३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका लागि मात्रै […]

Continue Reading

स्वादिलो र स्वस्थ्यकर सिस्नो खानुका फाइदाहरु

नेपमलगन्ज : नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ […]

Continue Reading

बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्यो

नेपालगन्ज : बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । […]

Continue Reading